विराटनगर
तीन दिन अघि सुन चोरी गरेको आरोपमा प्रहरी निगरानीमा रहेका सुनसरीका सुरजकुमार नेपालले सोमबार सुनको सिक्री सहितको दिसा गरेका छन् । विराटनगरको जलजला रोडको राठी ज्वेलर्सबाट किन्ने बहानमा लिएको सुनको सिक्रि निलेका नेपालले तीन दिनपछि दिसाबाट सिक्रि बाहिर निकालेका हुन् ।
सुनसरी इटहरीका नेपालले सुन निलेपछि पेट दुख्ने समस्या देखिएको थियो । उनलाई प्रहरीले कोसी अञ्चल अस्पतालमा उपचार गराई उनको दिसा गर्ने समय कुरेर बस्नु परेको थियो । बल्ल ३ दिनपछि नेपालले दिसा गरेर सिक्रि बाहिर निकालेपछि उनको हर्कतको पुष्टि भएको हो ।
सुनको सिक्री निलेको भनिएपनि प्रहरीलाई भने त्यसको पुष्टि गर्न उनको दिसा कुर्नै पर्ने बाध्यता थियो । चोरी गरिएको भनिएको वस्तु नै गायव भएपछि सबुत नै थिएन । प्रहरी उपरीक्षक मनोज केसीले भने ‘अब सबुत प्राप्त भएको छ, हामीले मुद्दा दर्ता गरी उनी माथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएका छौं ।’ प्रहरीले नेपाललाई चोरी मुद्दामा म्यादथप गरी अनुसन्धान सुरु गरेको छ ।
राजधानीबाट































प्रतिक्रिया