काठमाडौं । पहिरोका कारण शुक्रबार साँझदेखि अवरुद्ध भएको मुग्लिन–नारायणघाट सडकखण्ड आज खुलेको छ । ४५ घण्टापछि सडकमा सवारी आवतजावत सुरु भएको हो । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा गएकाे पहिराे आज बिहानैदेखि दुवैतर्फबाट तीनवटा मेसिन प्रयोग गरी पन्छाउने काम सुरु गरिएको थियो ।
यसअघि शुक्रबार र शनिबार पहिरो पन्छाउने कामलाई निरन्तरता दिएपनि पहिरो खसिरहेकाले सम्भव भएको थिएन ।
नेपालीहरुको महान् चाड दशैंको मुखमा मुग्लिन–नारायणगढ सडक खण्ड बन्द हुँदा हजारौँ यात्रु तथा सवारी साधन अलपत्र परेका थिए । अलपत्र यात्रुहरूलाई जिल्ला प्रशासन कार्यालय र प्रहरीले पानी र खानाको व्यवस्था गरेको थियो ।
यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । संघीय राजधानी काठमाडौंलगायत स्थानबाट पूर्व–पश्चिम राजमार्गसम्म पुग्ने यो प्रमुख सडक हो । अधिकांश मालवाहक सवारीसाधन यही बाटो भएर काठमाडौं प्रवेश गर्छन् ।





























प्रतिक्रिया