काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई पार्टी प्रवेश गराउने प्रक्रिया अघि बढाउने भएको छ । "/>

हृदयेश त्रिपाठीको समूहलाई पार्टीमा भित्र्याउँदै नेकपा

हृदयेश त्रिपाठीको समूहलाई पार्टीमा भित्र्याउँदै नेकपा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेता हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहलाई पार्टी प्रवेश गराउने प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार राति अबेर सम्म बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

‘नेकपा संसदीय दलमा रहेको हृदयेश त्रिपाठीको समूहसँग एकीकरण गर्नेबारे छलफल अघि बढाउने निर्णय भएको छ,’ नेकपा केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले भने, ‘छलफल चलिरहेको छ, तर कसरी, कहिलेसम्म भन्ने टुंगो लागिसकेको छैन ।’

स्वतन्त्र राजनीतिक समूहका नाममा तत्कालीन एमालेको सूर्य चिह्नबाट चुनाव लडेका त्रिपाठी र ब्रजेशकुमार गुप्ता संघीय संसदमा निर्वाचित सांसद हुन् । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएपछि दुवै जना अहिले कानुनतः नेकपा सांसद छन् ।

एमाले र माओवादी एकतापछि दुई सांसद सहित त्रिपाठीको समूह नेकपा संसदीय दलमा छ । गत निर्वाचनमा त्रिपाठी नवलपरासी–२ र ब्रजेशकुमार गुप्ता कपिलवस्तु–२ बाट निर्वाचित भएका थिए ।

त्रिपाठीले गत शुक्रबार र शनिबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकीकरणमा केन्द्रित रहेर छलफल गरेका थिए । तर त्रिपाठीले भेटवार्ता भए पनि पार्टी एकीकरणकै सन्दर्भमा भने गम्भीरतापूर्वक छलफल अघि नबढेको बताए ।
नयाँ पत्रिकाबाट

Logo