काठमाडौं
प्रधानमन्त्री केपीशर्मा ओलीसँग चीनका उपविदेशमन्त्री वाङ वाजुनले भेटवार्ता गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीन विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता दोहोर्याएका छन् । ‘हामी एक चीन नीतिका पक्षमा छौं। यो हाम्रो स्थायी नीति हो । यस नीतिलाई हामी आघात पर्न दिदैनौं’, ओलीले भने ।
प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा चीनसँग भएको ट्रान्सर्पोट र ट्रान्जिट सन्धिलाई चाँडै कार्यान्वयनमा लैजाने पक्षमा रहेको समेत प्रष्ट पारेका छन् । ‘सन् २०१६ को मार्चमा चीनसँग गरिएको सन्धिलाई हामी छिटै निष्कर्षमा पुर्याउँदैछौं’, ओलीले भने, ‘हामी भूपरिवेष्ठित देश भएकाले यो सन्धि मार्फत हामी समुद्र सम्म आफ्नो पहुँच बढाउन चाहन्छौं ।’
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् । ‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउन उच्च तहको राजनीतिक भ्रमण हुनु पनि आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने, ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमा हामी स्वागत गर्न आतुर छौं ।’
उपविदेशमन्त्री वाङले नेपाल चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताए । गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल चीन सम्बन्धका थुप्रै आयामका बारेमा सहमति भएकाले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको बताए ।
अन्नपूर्णबाट































प्रतिक्रिया