काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रमुख प्रतिपक्षी दल काँग्रेस र बिवेकशिल साझा पार्टीले डा गोविन्द केसीसंगको बार्ता भाँड्न खोजेको आरोप लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार नेकपाको संसदीय दलको बैठकमा डा केसीसँग भएको सहमती बारेमा जानकारी गराउँदै दलका उपनेता सुवास नेम्वाङले बार्ता भाँड्ने काममा काँग्रेस र बिबेकशिल पार्टी लागेको बताए ।
चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा. केसीसँग भएको सहमती बारेमा सांसदहरुलाई जानकारी गराउँदै नेता नेम्वाङले सहमती भाँड्नका लागि धेरै कोशिस भएको बताए । केसीका तर्फबाट बार्ता टोलीमा रहेकालाई पटक पटक भेटेर वार्ता भाँड्ने कोसिस भए पनि उनीहरु असफल भएको उनको भनाई थियो ।
‘हिजोको बार्ता असफल पार्न धेरै कोशिसहरु भए, हिजो मात्रै काँग्रेसका नेताहरुले डा.केसीका तर्फबाट बार्ता टोलीमा रहेकाहरुलाई २५ पटक भेटे, अरु पनि सक्रिय भए, वार्ता असफल पार्न अन्तिम सम्म प्रयास भयो’ नेम्वाङले बैठकमा राखेको भनाई उद्धृत गर्दै एक सांसदले भने, ‘सहमति जुटाएर हिँडेकाहरु पनि पछि बालुवाटार नै आउन नसकिने भयो भनेर भनेपछि डा.केदारभक्त माथेमा र उनको नेतृत्वको आयोगका अन्य सदस्यलाई परिचालन गरेर वार्ता सफल बनायौँ ।’
सरकार र २७ दिन देखि अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ्य विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा नौ बुँदे सहमति भएपछि उनकोे अनशन तोडिएको थियो ।
राजधानीबाट































प्रतिक्रिया