काठमाडौँ

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ । "/>

चार करोड ठगेर फरार दुई जना पक्राउ

चार करोड ठगेर फरार दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले चार करोड १७ लाख ५८ हजार ठगेर फरार दुई अभियुक्तलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले ताहाचलमा रहेको साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका लेखा समिति सदस्य रोशनकुमार खड्गी र प्रकृति श्रेष्ठलाई बिहिबार पक्राउ गरी शुक्रबार केन्द्रीय कारागार जगन्नाथदेवल जेल चलान गरेको हो ।

ठगी गरेर फरार रहेको उनीहरुलाई काठमाडौँ जिल्ला अदालतको २०७४ वैशाख १७ को फैसला अनुसार एक वर्ष ६ महिना कैद र ४७ लाख ६२ हजार २२५ जरिवना सुनाएको थियो । को–अपरेटिभमा आकर्षक व्याज र उपहारको प्रलोभनमा पारी निक्षेपकर्ताबाट उक्त रकम हिनामिना गरी आफ्नो नाउँमा घर जग्गा खरिद गरी, निक्षेपकर्ताको साँवा व्याज समेत फिर्ता नगरी ठगी गरेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

 

Logo