काठमाडौं। नेपालका लागि किङलङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले किङलङ ईभी भ्यान किन्दा हिरो एक्सट्रिम १६० आर मोटरसाइकल उपहार दिने भएको छ ।
यस वर्षको दशैं-तिहारलाई विशेष बनाउन वितरकले ग्राहकका लागि बम्पर अफर सार्वजनिक गरेको हो। यस योजना अन्तर्गत दशै तिहार अवधिमा किङलङ ईभी भ्यान खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुन पाउने छन् । यस अवधिमा किङलङ ईभी भ्यान खरिद गर्दा प्रत्येक महिना एक जना विजेताले नयाँ हिरो एक्सट्रिम १६०आर मोटरसाइकल उपहार स्वरुप पाउने छन् ।
यो अफर किङलङ ईभी भ्यानका १४, १५, १६ र १९ सिटर मोडलहरुमा लागु हुनेछ । असोज ७ देखि आगामी कात्तिक ३० सम्म सो ईभी भ्यान खरिद गर्ने ग्राहकले यो अवसर पाउने छन् ।
लामो र छोटो दुवै दुरीको यात्राका लागि हाल ईभी भ्यानको प्रयोग बढ्दो छ । नेपाली बजारमा किङलङ ईभी भ्यान र हिरो मोटरसाइकलको आधिकारिक वितरक सीजी मोटर्स नै हो ।





























प्रतिक्रिया