नेपाली कांग्रेसले सरकार जनतासँग झुक्न बाध्य भएको बताएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले डा. गोविन्द केसीलाई प्रताडना दिए पनि अन्ततः सरकार झुक्न बाध्य भएको बताएका हुन् ।
दम्भ र अहंकारको सिंहासनमा बसेको सरकार अन्तत झुक्न बाध्य हुनुप¥यो नेता रिजालले भने । नेता रिजालले डा.केसीसँग भएको सहमति संसदले थाहा पाउनुपर्ने र त्यसलाई संसदको सम्पत्ति बनाउन माग गरे । ‘
रिजालले भने, ‘शिक्षा स्वास्थ्यलाई अघि बढाउने बलियो आधार तयार भएको छ । अब सरकार कसरी अघि बढ्छ हेर्न बाँकी छ ।’ बैठकमा नेता रिजालले एउटै दलको सभामुख र उपसभामुख हुन नमिल्ने संवैधानिक व्यवस्था रहेकाले सरकारले नटेरेको उनले बताए ।































प्रतिक्रिया