…जब ट्रम्पको सवारीका लागि सडकमा फ्रान्सेली राष्ट्रपतिलाई प्रहरीले रोक्यो

…जब ट्रम्पको सवारीका लागि सडकमा फ्रान्सेली राष्ट्रपतिलाई प्रहरीले रोक्यो

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन मंगलबार राति आफ्नो दूतावास फर्किँदै गर्दा ट्राफिक जाममा फसेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मोटरकेडले बाटो रोकेका कारण न्यूयोर्कका एक प्रहरी अधिकारीले उनलाई सडक पार गर्नबाट रोकेका थिए।

तर, फ्रान्सेली राष्ट्रपति म्याक्रोंले सडकको पेटीबाटै ट्रम्पलाई व्यक्तिगत रूपमा फोन गरेर यो अवस्थाबारे मजाक गरे। सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो क्लिपमा म्याक्रोंले हल्काफुल्का शैलीमा कुरा गर्दै भनेको सुनिन्छ, “थाहा छ के भयो ? म सडकमा तपाईंको लागि पर्खिरहेको छु किनभने सबै ठाउँ रोकिएको छ,।”

उनले ट्रम्प र कतारसँग गाजाको अवस्थाबारे छोटो छलफल गर्न चाहेको पनि बताए।

फ्रान्सेली राष्ट्रपति आफ्नो गाडीमा फर्केनन् र ट्रम्पसँग फोनमा कुरा गर्दै आफ्नो यात्रा पैदलै जारी राखे। न्यूयोर्कवासीका लागि यो दुर्लभ दृश्य थियो एक राष्ट्रपति सामान्यतया हुने भव्यता र सुरक्षा घेराबिना सडकमा हिँडिरहेका थिए ।

Skip This
Skip This
Logo