काठमाडौं । फिफा विश्वकपको फाइनलपछि केही दिन गुमनाम रहेका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी अन्ततः समर्थकमाझ देखिएका छन्। उनी आफ्नो गृहनगर रोजारियो नजिक रहेको तल्लो डिभिजनको क्लब लियोनेस एफसीको खेल अवलोकन गर्न स्टेडियम पुगेका थिए।
३९ वर्षीय मेस्सी कालो हुडी लगाएर रोजारियोस्थित एन्टोनियो डी जियाकोमो स्टेडियम पुगेका हुन्। सुरुमा उनी सामान्य दर्शकझैँ शान्तरूपमा खेल हेर्न चाहन्थे। तर, स्टेडियमको बाल्कोनीमा देखिएलगत्तै समर्थकले मेसीलाई चिने। र, उनीहरूले उत्साहका साथ स्वागत गरे। स्टेडियमबाहिर सयौं समर्थक जम्मा भएर हुटिङ गरेपछि मेस्सीले हात हल्लाउँदै अभिवादन गरे।
विश्वकपपछि उनी परिवारसँग समय बिताउँदै विश्राम गरिरहेका छन्। यही विश्राम योजनाअन्तर्गत मेसी यस वर्षको मेजर लिग सकर (एमएलएस) अल–स्टार खेलमा पनि सहभागी नहुने भएका छन्।




















