केएमसीमा कार्यरत उत्कृष्ट नर्सिङ कर्मचारीहरु सम्मानित

केएमसीमा कार्यरत उत्कृष्ट नर्सिङ कर्मचारीहरु सम्मानित

केन्द्रबिन्दु
483
Shares

काठमाडौं । सिनामंगलमा अवस्थित काठमाडौं मेडिकल कलेजले आफ्नो नर्सिङ विभागका उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गर्दै पुरस्कृत गरेको छ ।

नर्सिङ पेशाप्रति कर्मचारीहरूको मेहनत र समर्पणलाई कदर गर्न र अन्य कर्मचारीलाई पनि उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गर्ने उद्देश्यले एक कार्यक्रमबीच पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा विभिन्न विभागका ३९ जना कर्मचारीलाई प्रशंसा पत्र र पुरस्कार प्रदान गरिएको थियो। सम्मानित हुनेमा एसआईसियु विभागका रेशा साहु र जेनिशा सिलाकार, न्युरो आईसियुकी नबिना हञ्जु, एनआईसियुकी रेश्मा बानियाँ, सर्जरी वार्डकी बिना कावन, ओटी विभागकी मनिषा श्रेष्ठ, सिलाजा पोखरेल र एकता अधिकारी, क्याथ ल्याबकी पलपसा मानन्धर र गीता सुवाल, पल्मो एचडीयुकी रोजिना महर्जन, पेडियाट्रिक वार्डकी स्नेहा थापा, एमआईसियुकी अङ्किता शाही, रञ्जिता न्यौपाने र सीता पाण्डे, गायनिक वार्डकी अर्चना जोशी र पवित्रा खतिवडा, मेडिसिन हाइ केयरकी सुकृति कर्माचार्य र पोस्ट अपकी जयन्ती चन्द रहेका छन् ।

साथै डायलाइसिस विभागकी तुलसा खापुङ, इमर्जेन्सी विभागकी पूजा कार्की र सब्बु श्रेष्ठ, न्युरो ओटीकी समुन्द्रा ज्ञवाली, ट्रान्सप्लान्ट आईसियुकी मनिषा पोखरेल, अस्पताल सुपरभाइजर रक्षा भट्टराई, क्वालिटी कन्ट्रोल निर्देशक खिलासा पोखरेल, एसआईसियु/पीओडब्ल्यु/रेनल विभागकी सालिना निरौला, मेडिसिन वार्ड/हाइ केयर विभागकी सरिना प्रजापति र जानुका कटवाल, न्युरो/ईएनटी/पोस्टनेटल/क्याबिन विभागकी सृजना उलाक, ओपीडी सुपरभाइजर सानु मायाँ ढुंगेल, न्युरो आईसियु/हाइ केयर/पीओडब्ल्यु विभागकी प्रमिला श्रेष्ठ र प्रभिता महर्जन, पल्मो आईसियुकी अर्चना गौतम, प्लास्टिक वार्डकी गरिमा चन्द, न्युरो/ईएनटी विभागकी शोभा पाण्डे, डायग्नोस्टिक विभागकी बबिता ज्ञवाली, युरो पीओडब्ल्यु /ट्रान्सप्लान्ट विभागकी रोजिना भेले तथा सीसीयु/क्याथ ल्याबकी अनिता श्रेष्ठ रहेका छन्।

कार्यक्रममा काठमाडौं मेडिकल कलेजका प्रशासन प्रमुख नारायणप्रसाद दाहाल, अस्पताल निर्देशक डा. मिना थापा, नर्सिङ प्रमुख बन्दना रिजाल र अस्पताल सुपरभाइजर रक्षा भट्टराईको उपस्थिति थियो।

Logo