काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व परिवर्तनबारे छलफल भइरहेको बताएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा स्थायी कमिटीको बैठकपछि अध्यक्ष प्रचण्डले भने, ‘नेतृत्व परिवर्तनबारे छलफल भइरहेको छ । महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ।’
गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा राजनीतिक दलका पुराना नेताहरूले नेतृत्व छोड्नुपर्ने माग उठेपछि माओवादी केन्द्रले आगामी मंसिरमा महाधिवेशनको तयारी गरेको छ ।





























प्रतिक्रिया