काठमाडौं । सरकारले तीन शक्तिशाली विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयबाट फिर्ता गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७४ मा शक्ति केन्द्रीकरणका लागि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग तथा अर्थ मन्त्रालयअन्तर्गतका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत लगेका थिए । त्यसलाई हालै बसेको अन्तरिम सरकारको मन्त्रिपरिषद् बैठकले फिर्ता गरेको हो ।
अब अर्थ मन्त्रालयअन्तर्गत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग ल्याइएको छ भने राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्ने निर्णय गरिएको छ ।





























प्रतिक्रिया