काठमाडौं

नख्खु कारागार ललितपुरमा कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनारलाई वनस्पतिजन्य विषको प्रयोग गराई अभिषेकराज सिंह लगायतले हत्या गरेको अभियोग लागेको छ । "/>

नख्खु कारागार भित्र विषजन्य वनस्पति सेवन गराई कैदीको हत्या !

नख्खु कारागार भित्र विषजन्य वनस्पति सेवन गराई कैदीको हत्या !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नख्खु कारागार ललितपुरमा कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनारलाई वनस्पतिजन्य विषको प्रयोग गराई अभिषेकराज सिंह लगायतले हत्या गरेको अभियोग लागेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दिएको जानकारी अनुसार बर्दिया साविक ठाकुरद्वारा गाविस–५ का ३२ वर्षीय सुनारलाई सोही कारागारमा कैद भुक्तान गरिरहेका सिंह लगायतको समूहले बनस्पतिजन्य पदार्थको विष तयार गरी खाना समेतमा प्रयोग गरी हत्या गरी योजनाबद्ध ढंगले जेल प्रशासनलाई फसाउने लक्ष्य राखेको खुलासा भएको जनाएको हो ।

सिंह लगायतले उक्त घटना गराएर आन्तरिक प्रशासन तथा तत्कालीन चौकिदारलाई दोषी साबित गराई आन्तरिक प्रशासनमा आफ्नो वर्चश्व स्थापित गर्नाका साथै चौकिदारको पद प्राप्त गर्ने योजना बनाएको खुल्न आएको छ ।

सिंहले हत्याको योजना तथा विष तयार र त्यसको प्रयोगमा मनोजकुमार चौरसिया समेतको सहयोग लिएको त्यसैगरी विष बनाउन आवश्यक पर्ने वनस्पतिजन्य पदार्थ ध्रुवकृष्ण शर्माले जेल भित्र पु¥याउने कार्य गरेको प्रहरीले जनाएको छ । अभियुक्त सिंहले विगतमा पनि सुर्खेत, भक्तपुर, रुपन्देही र जनकपुरमा समेत ज्यान मार्ने उद्योगमा समेत विषादीको प्रयोग गरी घटना गराएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सो घटनाको मुख्य योजनाकार बाँके नेपालगन्ज उपमहानगरपालिका–४ का सिंह, सहयोगी सप्तरीका मनोजकुमार चौरसिया र अर्का सहयोगी दोलखाका ध्रुवकृष्ण शर्मालाई कर्तव्य ज्यान मुद्दामा सरकारी वकिल कार्यालय ललितपुरमा पेश गरिएको प्रहरीको भनाइ छ ।
रासस

Logo