काठमाडौं

२५ दिन देखि अनसनरत डा गोविन्द केसी पक्ष र सरकारी वार्ता टोली बीचको वार्ता सकारात्मक बनेको छ । "/>

केसी पक्ष र सरकार बीचको मंगलबारको वार्ता सहमति नजिक

केसी पक्ष र सरकार बीचको मंगलबारको वार्ता सहमति नजिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

२५ दिन देखि अनसनरत डा गोविन्द केसी पक्ष र सरकारी वार्ता टोली बीचको वार्ता सकारात्मक बनेको छ । मंगलबार साँझ सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधि बीचको वार्तामा सकारात्मक छलफल भएको हो ।

डा केसीका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छलफलमा दुवै पक्षबीच समझदारी हुने क्रम रहेकाले वार्ता सकारात्मक देखिएको हो । मंगलबारको वार्ता पुनः बुधबार (आज) वार्ता बस्ने गरी सकिएको छ । बाँकी बिषयमा बुधबार समझदारी हुने सरकारीवार्ता टोली र केसी पक्षले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराएका छन् ।

सरकारी वार्ताटोलीका संयोजक खगराज बराल र केसीका प्रतिनिधिका संयोजक डा अभिषेकराज सिंहले संयुक्त रुपमा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा केसीले उठाउनु भएका मागका सम्बन्धमा छलफल भइ धेरै मागहरुमा दुवै पक्षबीच समझदारी हुने क्रममा रहेको र मिति २०७५ साउन ९ गते बिहान पुनः बैठक बसी बाँकी विषयहरुमा सझदारी जुटाउने सहमति भएकाले सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

मंगलबार केसीको माग बारेमा चौथो चरणको वार्ता भएको हो। करिब पाँच दिन लामो तनावपछि केसी पक्ष सरकारको पुरानै टोलीसँग वार्ता गर्न तयार भएको थियो । यसअघि केसीले कर्मचारीसँग वार्ता गर्दै नगर्ने अडान लिएका थिए । स्रोतका अनुसार नेकपाका नेता सुबास नेम्वाङसँगको अनौपचारिक वार्तापछि औपचारिक वार्ताको वातावरण बनेको थियो ।

Logo