सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल

सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । विहिबार बसेको मन्त्रीपरिषदको बैठकले सरकारको प्रवक्तामा सुचना तथा सञ्चारमन्त्री जगदिश खरेल लाई तोक्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आन्तरिम सरकारको प्रवक्तामा खरेल लाई तोक्ने निर्णय गरेको बैठक पछि मन्त्री खरेलले जानकारी दिए ।

खरेलले आँफू सहभागी मन्त्रिपरिषद्को पहिलो बैठकमा अन्लाईन सञ्चार माध्ययमहरु सुचना विभागमा नै दर्ता र नविकरण हुने निर्णय गरेको बताए । यस्तै उनले सञ्चार क्षेत्रसँग सम्बन्धित अन्य केही निर्णय भएको र बाँकी निर्णय शुक्रबार हुने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइने सञ्चारमन्त्री खरेलले बताए ।

Logo