काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरकले दशैं-तिहार अफर “दशैंतिहार, १० गुणा उपहार” अन्तर्गत पहिलो ग्राण्ड विजेताको घोषणा गरेको छ।
धनगढीका अभिषेक चौधरीले ह्युन्डाई क्रेटा खरिद गरेर स्क्र्याच कार्डमार्फत रु. १०,००,००० जित्दै यो अफरअन्तर्गतको पहिलो भाग्यशाली ग्राहक बन्न सफल भएका छन्। यस अफरअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, साथै १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पाउने सुविधा पाउँछन्।
यसबाहेक, प्रत्येक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
ह्युन्डाई नेपालले विजेता अभिषेक चौधरीलाई हार्दिक बधाई दिँदै सम्पूर्ण ग्राहकलाई नजिकैको ह्युन्डाई शोरुममा गएर “दशैंतिहार, १० गुणा उपहार” अफरको लाभ लिन आग्रह गरेको छ।































प्रतिक्रिया