काठमाडौं

राष्ट्रिय दैनिकका सम्पादकहरुले कुनै आन्दोलन र मागबारे आफैँ उपस्थित भई समर्थन गर्नु कतिको उचित होला ? व्यावसायिक पत्रकारिताको सिद्धान्त र धर्म अनुसार सम्पादक र पत्रकारले आफूलाई प्रत्यक्ष रुपमा संलग्न गरिएको विषय पुनःविवादित बनेको छ । "/>

केसीको मागमा सम्पादकहरुको समर्थन विवादको घेरामा

केसीको मागमा सम्पादकहरुको समर्थन विवादको घेरामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय दैनिकका सम्पादकहरुले कुनै आन्दोलन र मागबारे आफैँ उपस्थित भई समर्थन गर्नु कतिको उचित होला ? व्यावसायिक पत्रकारिताको सिद्धान्त र धर्म अनुसार सम्पादक र पत्रकारले आफूलाई प्रत्यक्ष रुपमा संलग्न गरिएको विषय पुनःविवादित बनेको छ ।

पत्रकारले उपयुक्त लागेको विषयमा सम्पादकीय वा लेख, विचारका माध्यमबाट जनमत निर्माण गर्न सक्ने भए पनि कुनै आन्दोलनरत पक्षकोमा पुगेर ऐक्यबद्धता जनाउनु विज्ञहरुको विचारमा उचित होइन । अस्पतालमा आधारित आमरण अनशनरत चिकित्सक डा गोविन्द केसीलाई आइतबार त्रिवि, शिक्षण अस्पतालमा भेटेर विभिन्न सम्पादकले उनका माग प्रति ऐक्यबद्धता जनाउँदै अविलम्ब माग पूरा गर्न वक्तव्य सहित सार्वजनिक आह्वान गरेका थिए । राष्ट्रिय दैनिकका १४ जना सम्पादक र पूर्वसम्पादकले त्यसरी गरेको ऐक्यबद्धता व्यावसायिक पत्रकारिताको धर्म विपरीत भएको वरिष्ठ पत्रकार एवं विज्ञहरुको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक पी खरेलले संविधानतः आफ्ना हकअधिकारका विषयमा आवाज उठाउन जुनसुकै नागरिकलाई अधिकार भए पनि सम्पादक र पत्रकारले ती सबैका माग उचित वा अनुचित भनेर वकालतमा उत्रनु व्यावसायिक पत्रकारिताको धर्मविपरीत भएको टिप्पणी गरे । उनले भने, “पत्रकारिता भनेको पहरेदारको पनि पहरेदार गर्ने पेसा हो । आफूलाई उचित लागेको विषयमा विचार र सम्पादकीय लेख्न पाइन्छ तर यसरी अनशनस्थलमा पुगेर सम्पादकले सामूहिक रुपमा समर्थन गरेको उदाहरण विश्वमा विरलै पाइन्छ ।”

वरिष्ठ पत्रकार किशोर नेपालले सम्पादकले आफूले पालना गर्ने कर्तव्यको परिभाषा कसरी गरेका छन्, त्यसै आधारमा उक्त ऐक्यबद्धतालाई हेर्नु पर्ने बताए । कान्तिपुर दैनिकका पूर्वसम्पादक नेपालले भने, “प्रजातान्त्रिक समाजमा विचार राख्न पाउने स्वतन्त्रता अन्तर्गत सम्पादक अस्पताल गएको हुन सक्छ तर उहाँहरु कसैको ‘कुक्स’ का आधारमा गएको हो भने राम्रो होइन, एक्टिभिष्ट नभई सम्पादकीय मार्फत आफ्नो विचारलाई जनता समक्ष फराकिलो रुपमा लान सकिन्छ ।”
रासस

Logo