काठमाडौं
बि एण्ड सि टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बंगलादेशमा चिकित्सक अध्यनमा गएका नेपाली चेलीको बिषयमा दिएको अभिब्यिक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल बनाएको बताएका छन् ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रसाँईले तेह्र, चौध महिना अघि एक कार्यक्रममा बंगलादेशमा अध्यन गर्न जाने नेपाली चेलीहरुको अवस्था र उनीहरुको शोषणका बिषयमा दिएको अभिब्यक्तिलाई हाल आएर उक्त अभिब्यिक्तको मर्म तोडमोड गरि सामाजिक सञ्जालमा भाइरल बनाएको आरोप लगाए ।
उनले आफूले भन्न खोजेको बिषयलाई तोडमोड गरेर बिबादमा तान्न खोजिएको बताउँदै उक्त भनाईको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको बताए । उनले आफ्नो भनाई बंगालादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्ययनको वातावरण श्रृजना गर्न सके राम्रो हुने र त्यहां उनीहरुले बिभिन्न खालको शोषणको सामना गर्नु पर्ने अवस्थाको अन्त्य हुने रहेको स्पष्ट पारे ।
उनले बंगलादेशमा अध्ययन गर्न गएका चेलीका बिषयमा लिएर आफ्नो अभिब्यिक्तिको मर्म सामाजिक सञ्जालमा आएको जस्तो नरहेको बताउँदै यसले पर्न गएको असर प्रति क्षमा मागेका छन् । चिकित्सा बिधेयकका बारे उनले संबिधान र कानुन बमोजिम सरकारले निर्णय गर्ने बिषय भएकाले आफुले यो बिषयमा बोल्न उपयुक्त नहुने बताए ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया