काठमाडौं

कञ्चनपुरमा सर्पको बिगबिगी बढ्दै गएको छ । औसतमा दैनिक एक जनालाई सर्पले टोक्ने गरेको छ । "/>

गर्मी वढेसँगै तरार्इमा सर्पको बिगबिगी, आइसियु अभावमा उपचार प्रभावित

गर्मी वढेसँगै तरार्इमा सर्पको बिगबिगी, आइसियु अभावमा उपचार प्रभावित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कञ्चनपुरमा सर्पको बिगबिगी बढ्दै गएको छ । औसतमा दैनिक एक जनालाई सर्पले टोक्ने गरेको छ । तीन महिनामा एक सय भन्दा बढि मानिसलाई सर्पले डसेको छ । महाकाली अञ्चल अस्पतालका अनुसार वैैशाख देखि साउन पहिलो साता सम्ममा एक सय १४ जनालाई सर्पले डसेको छ । महाकाली अञ्चल अस्पतालका मेडिकल रेकर्डर शन्त प्रसाद जोशीले कञ्चनपुरमा विष रहित र विष सहितका सर्पले मानिसलाई टोकेको घटना आउने गरेको बताए ।

उनका अनुसार एक सय १४ मध्ये नौ जनालाई विषालु सर्पले टोकेको हो । ‘विषालु बाहेकका सर्पले टोकेका सबै महाकाली अञ्चल अस्पतालमा उपचार पछि घर फर्केका छन्’ मेडिकल रेर्कडर जोशीले भने, ‘विषालु सर्पले टोकेका एक जना बाहेक सबैलाई अस्पतालले अन्यन्त्र रेफर गरेको थियो ।’ महाकाली अञ्चल अस्पतालमा आईसियु सञ्चालनमा नआएका कारण विषालु सर्पले मानिसलाई टोकेपछि उनीहरुको उपचारका लागि आईसियु भएको अस्पतालमा रेर्फर गरिएको मेडिकल रेकर्डर जोशीले बताए ।

‘विषालु सर्पले टोकेपछि ‘स्नेक एन्टी भेनम’ औषधी प्रयोग गर्नुपर्छ’ जोशीले भने, ‘यदी यो औषधीले काम नगरेपछि आईसियुमा राखेर उपचार गर्नुपर्छ । तर हाम्रो महाकालीमा आईसियु संचालनमा आएको छैन ।’ मेडिकल रेर्कडर जोशीले अस्पतालमा सर्पले टोकेका बिरुद्ध प्रयोग हुने दुई सय ५० भ्याक्सिन ‘स्नेक एन्टी भेनम’ स्टक रहेको बताए ।

गर्मी र वर्षाको मौसम सुरु भएसँगै केन्द्रमा अहिले सर्पदंशका बिरामी बढेका छन् । दैनिक ४र५ जना बिरामी उपचारका लागि आइरहेका उपचार केन्द्रका इन्चार्ज एवं प्राविधिक माधव प्रसाद थपलियाले जानकारी दिए । अंधिकाश बिरामी गम्भीर अवस्थामा उपचारका लागि आउने गरेको तर भेन्टिलेटर र आइसियु नहुँदा उपचार गर्न समस्या हुने गरेको थपलियाको भनाइ छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo