काठमाडौं
महानगरीय अपराध महाशाखाले ५३ लाख १९ हजार ६७५ नगद सहित पाँच हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गैरकानूनी तवरले हुण्डीको कारोबार गरी राजश्व छली गर्ने भारतका ४५ वर्षीय विजय गुप्ता, २९ वर्षीय अंकित अग्रवाल, ललितपुरका २३ वर्षीय दीपक श्रेष्ठ, धनकुटाका १८ वर्षीय पुजन छाला जिमी र चितवनका २९ वर्षीय संजित पाण्डेलाई पक्राउ गरेको हो । "/>

७१ लाख रूपैयाँ सहित पाँच जना हुण्डी कारोबारी पक्राउ

७१ लाख रूपैयाँ सहित पाँच जना हुण्डी कारोबारी पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
महानगरीय अपराध महाशाखाले ५३ लाख १९ हजार ६७५ नगद सहित पाँच हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गैरकानूनी तवरले हुण्डीको कारोबार गरी राजश्व छली गर्ने भारतका ४५ वर्षीय विजय गुप्ता, २९ वर्षीय अंकित अग्रवाल, ललितपुरका २३ वर्षीय दीपक श्रेष्ठ, धनकुटाका १८ वर्षीय पुजन छाला जिमी र चितवनका २९ वर्षीय संजित पाण्डेलाई पक्राउ गरेको हो ।

महाशाखाले न्यूरोड र कुलेश्वर क्षेत्रका विभिन्न स्थानमा छापामारी चेकजाँच गर्दा नगद, चेक र विभिन्न बैंकका हस्ताक्षर गरी राखिएका चेकबुक, हुण्डी कारोबार सहितको विवरण, हुण्डी कारोबार गरिएका कागजात बरामद गरेको छ ।

पक्राउ परेका गुप्तासँग ३४ लाख ६८ हजार, अग्रवालसँग पाँच लाख सात हजार ६७५, श्रेष्ठसँग नौ लाख ९० हजार, जिमीसँग २३ हजार र पाण्डेसँग तीन लाख ३१ हजार नगद बरामद गरेको हो । यस्तै पाँचै जनासँग २३ लाख १३ हजारको चेक समेत बरामद गरेको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको महाशाखाले जनाएको छ ।
रासस

Logo