जीवन बीमक संघकाे छैठौं वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

जीवन बीमक संघकाे छैठौं वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । जीवन बीमक संघ नेपालले छैठौं वार्षिक साधारण सभामार्फत नयाँ कार्यसमिति चयन गरेको छ ।

हालै काठमाडौंमा सम्पन्न सभाले सर्वसम्मत रूपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई अध्यक्षमा चयन गरेको हो।

संघको विधानअनुसार गठित कार्यसमितिमा उपाध्यक्षमा प्रकाश विक्रम खत्री (सूर्यज्योति लाइफ), सचिवमा नारायण लोहनी (रिलायबल नेपाल), कोषाध्यक्षमा दिनेश लाल श्रेष्ठ (एशियन लाइफ) र सदस्यहरूमा मनोजलाल कर्ण (हिमालयन लाइफ), सुन्दर पन्थी (राष्ट्रिय बीमा संस्थान) तथा प्रणय कुमार (एलआइसी नेपाल) रहेका छन्।

नवगठित कार्यसमितिले कार्यकालमा नेपाली बीमा क्षेत्रको विकास, बीमा सचेतना विस्तार, जीवन बीमा कर्मचारीको क्षमता अभिवृद्धि, बीमित हित संरक्षण र नीतिगत तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

सभामा संघका सदस्यहरू तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जीवन बीमा क्षेत्रमा देखिएका हालका चुनौतीहरू, सम्भावना र संघको भावी रणनीति बारे छलफल गरिएको थियो ।

Skip This
Skip This
Logo