३ सय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा

३ सय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा

केन्द्रबिन्दु
18
Shares

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थितबाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा बोकेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
असोज १० गते ०१ स ४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–५ स्थित सडक साइडमा वेवासिसे अवस्थामा रहेको कारलाई शंका लागेर चेकजाँच गर्दा उक्त कारभित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo