काठमाडौँ

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सहमति भए अनुसार संविधान संशोधन गरेर मुलुकका विभिन्न समस्याको समाधान गरिनु पर्ने बताएका छन् । "/>

समस्या समाधानका लागि संविधान संशोधन हुनुपर्छः उपप्रधानमन्त्री यादव

समस्या समाधानका लागि संविधान संशोधन हुनुपर्छः उपप्रधानमन्त्री यादव

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सहमति भए अनुसार संविधान संशोधन गरेर मुलुकका विभिन्न समस्याको समाधान गरिनु पर्ने बताएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका मन्त्री यादवले काठमाडौंमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक समस्याको समाधानका लागि संविधान संशोधनमा सहमति भएको बताए ।

संविधान संशोधनको चर्चा फेरि एक पटक उठेका बेला उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले पनि सो विषयलाई पुनः स्मरण गराएका हुन् । ‘जब सम्म शोषण उत्पीडन हुन्छ तब सम्म राजनीतिक आन्दोलन भइरहन्छ । संघर्षहरू भैरहन्छन्’, उनले भने, ‘जब सम्म राज्यमा एकल वर्चश्व रहन्छ राजनीतिक समस्या हल भएको मानिदैन । यावत समस्या समाधान गर्न संविधान संशोधनको सहमति भएको छ । अब संविधान संशोधन गरेर समस्याको समाधान गर्नुपर्छ ।’

अझै पनि संघीय र समावेशितामा विभेद कायम रहेको उनको भनाइ छ । ‘जब सम्म विभेद कायम रहन्छ तब सम्म राजनीतिक समस्या हल भएको मानिदैन’, यादवले भने, ‘भाषा, लिङ्ग, जनताका आधारमा गरिने विभेद कायम राखेर समाजवाद आउँदैन ।’ संघीय प्रणालीलाई व्यवहारिक बनाउनु पर्नेमा पनि मन्त्री यादवले सुझाव दिएका छन् । ‘संघीयता र पहिचानलाई अलग गरिँदा विद्रोह ज्यूँका त्यूँ रहँन्छ’, उनले भने, ‘विद्रोहलाई मत्थर गर्न संघीयतामा पहिचान जोडिनुपर्छ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo