नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुगेका छन् । प्रहरीसँगको झडपमा घाइते भएका कार्यकर्ताहरुलाई भेट्न सभापति देउवा अस्पताल पुगेका हुन् ।
झडपमा परि तरुण दल अध्यक्ष जितजंग बस्नेत, कांग्रेस ललितपुर सभापति मदनबहादुर अमात्य र पूर्वमन्त्री वीरबहादुर बलायरसहित दर्जनौ कार्यकर्ता घाइते भएका छन् । घाइतेलाई भेट्दै सभापति देउवाले शान्तिपूर्ण आन्दोलनमा अमानविय तवरले दमन गरेको भन्दै घटनाको घोर भर्त्सना गरेका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, बालकृष्ण खाँड, रमेश लेखक, एनपी साउद, उदयशमशेर राणालगायत पनि कार्यकर्तालाई भेट्न सिभिल अस्पताल पुगेका छन्।
डा. गोबिन्द केसीको पक्षमा नेपाली कांग्रेसका भातृ संगठन तरुण दलले प्रदर्शन गरेको थियो । यसैक्रममा नयाँ बानेश्वरमा प्रहरीसँग झडप भएको थियो ।





























प्रतिक्रिया