जसरी ब्यवहारबिना जीवन चलाउन गाह्रो हुन्छ त्यसरी नै भाषाबिना ब्यवहार चलाउन गाह्रो हुन्छ । जसरी कामचलाउ ब्यवहारले प्रगती हासिल गर्न सक्दैन त्यसरी नै कामचलाउ भाषाले ब्यवहार चलाउन सकिदैन । जब दैनिकी ब्यवहार नै राम्ररी चलाउन सकिदैन भने उसले प्रगती गर्न सक्ने कुरै भएन । त्यसकारण आफु जुन समुदायमा बस्ने हो त्यो समुदायको भाषामा दख्खल हुन जरुरी छ । बिशेषतः विदेश जानेहरुले त झन भाषामा एकदमै ध्यान दिनुपर्ने हुन्छ ।
त्यसैकारणले पनि हरेक मुलुकले आफ्नो मुलुकमा आउनेहरुका लागि भाषाको मापदण्ड बनाएको छ । यसरी मापदण्ड बनाएका देशहरुमा जान उक्त भाषा परिक्षा अनिवार्य रुपमा नै उत्तिर्ण हुनुपर्छ । तर मापदण्ड नबनाएका देशहरुमा जाँदा पनि त्यहाँको भाषा सिकेर जाँदा दैनिक ब्यवहार चलाउन सजिलो हुन्छ । र, आफ्नो करियर बनाउन पनि भाषाले महत्वपूर्ण भूमिका निभाउछ । अध्ययनका लागि विदेश जानेहरुले त भाषाको एउटा तह नै पार गर्नुपर्छ । किनकी भाषा नजानिकन अध्ययनमा सफलता हासिल गर्न सकिन्न ।
कहाँ जान कुन भाषा कस्तो हुनुपर्छ ?
टोफेल
टोफेल अमेरिकाका लागि तोकिएको भाषा परिक्षण विधी हुन् । यसको कुल अंक १२० को हुन्छ । अमेरिकाका साथै अन्य देशका केही अलेजहरुले पनि यो परीक्षालाई मान्यता दिएको छ । यो परीक्षा सुन्ने, लेख्ने, पढ्ने र बोल्ने गरी चार चरणमा हुन्छ । यसको परीक्षा इन्टरनेटबाट दिनुपर्छ । यो परीक्षा दिन १६० अमेरिकी डलर तिर्नुपर्छ ।
आईईएलटीएस
आईईएलटीएस बेलायतका लागि तोकिएको पद्दति हो । विदेश पढ्न जानका लागि यो भाषा परीक्षा अनिवार्य छ । नेपालमा दुई वटा संस्थाले यो कक्षा संचालन गर्छ । ब्रिटिस काउन्सिल र आईडीपीले यो परीक्षा संचालन गर्दै आएको छ । एक पटक यो परीक्षा पास गरेपछि दुई बर्षका लागि मान्यता पाउछ । यसको परीक्षा चार चरणमा हुन्छ । लेख्ने, बोल्ने, सुन्ने र पढ्ने टेष्ट लिईन्छ । यो ९.० अंकको हुन्छ ।
जेएलपीटी/न्याट टेष्ट
जापानीज ल्यांग्वेज प्रोफिसियन्सी टेस्ट अर्थात जेएलपीटी जापान सरकारद्धारा विदेशी नागरिकक लागि निर्धारण गरिएको भाषा परीक्षा हो । यो टेष्ट जापान र अन्य केही देशहरुमा बर्षमा दुई पटक मात्रै हुन्छ भने कतिपय देशमा बर्षमा एकपटक मात्रै पनि हुन्छ । यसको पाँच यटा तह हुनछ । पाँचौ तह बेसिक हो भने एक तह सबैभन्दा माथिल्लो तह हो । यो परीक्षा एकपटक उत्तीर्ण गरेपछि जीवनभरीलाई काम लाग्छ ।
न्याट टेष्ट जापानमा जानका लागि पढ्नुपर्ने भाषा परीक्षा हो । यसको परीक्षा पाँच तहमा हुने गर्छ । यसको परीक्षा बर्षमा ६ पटक हुने गर्छ । एन ५ तह भनिने बेसिक कोर्षका लागि ३ महिनादेखि ६ महिनासम्म लाग्ने गर्छ । यो परीक्षाको पाँच तह भए पनि विद्यार्थीले आप्mनो दक्षता अनुसार जुनसुकै तह पढ्न सक्छन् । यो परीक्षाको फारम भर्न तीन हजार ४ सय रुप्ैंया लाग्छ । तपाईले भरेको फारम जापानमै पुग्छ र तपाईलाई प्रवेश पत्र पठाउछ । तपाई परीक्षा दिएको उत्तरपुस्तिका पनि जापान नै लगेर चेक गरिन्छ । र नतिजा प्रकाशन गर्छ ।
जर्मन भाषा
जर्मन सरकारले पनि आधिकारिक भाषा निर्धारण गरेको छ । यसका तीन वटा कोर्ष छन् । इन्टेन्सिभ जर्मन ल्यांग्वेज, स्पेसिफिक जर्मन ल्यांग्वेज र एयु पेर जर्मन ल्यांग्वेज कोर्स हुन् । जर्मनमा स्नातक तह अध्ययन गर्न जानेहरुले इन्टेन्सिभ जर्मन कोर्स पढ्नुपर्छ । त्यस्तै स्नात्तकोत्तर पढ्न जाने र रोजगारीका जानेहरुले स्पेसिफिक जर्मन ल्यांग्वेज कोर्स पढ्नुपर्छ । त्यस्तै महिलाहरुलाई लक्षित कोर्स हो एयु पेर जर्मन ल्यांग्वेज कोर्स । जोडी भएर जर्मन जान चाहनेहरुले यो कोर्स पढ्न जरुरी छ । जर्मन भाषा पढ्न १० हजार रुपैंयासम्म शुल्क लाग्छ ।































प्रतिक्रिया