आर्याघाटमा मुर्दा पोलिए जसरी पोलिएँ, जलेको छैन मै सिँहदरबार : एन पि घायल

आर्याघाटमा मुर्दा पोलिए जसरी पोलिएँ, जलेको छैन मै सिँहदरबार : एन पि घायल

केन्द्रबिन्दु
0
Shares

कविता

जलेको छैन मै सिँहदरबार

आर्याघाटमा मुर्दा पोलिए जसरी पोलिएँ

आगोले मलाई छोएको छैन

बरु

पोलिदियो दूरदराजका जनताको विश्वासी

बादशाहको हैकमी सिँहाशन ।

जलाईलियो एउटा आन्दोलनले

लुछाचुँडी

भागबन्डा र अराजकताको पराकाष्ठ

जननीको स्वाभिमानमा

म जलेको छैन ।

म जलेको छैन

छैन मलाई पोलेको पनि

मेरै छातीमा टेकेर उस्ले बडो फूर्ती लगाएथ्यो म बनाउँछु देश

सुनाएथ्यो एउटा हाँस्यादपद उखान एउटा कहानी

त्यही जलेको छ

जनताले जलाएको एकादेशको कथा बनी

म जलेको छैन ।

म उडेको हैन

उस्को उडेको हो स्वार्थ र घमण्डको धुवाँ

जो कहिल्यै नफर्कने गरी

आँफ्नो अनुहारमा धैँसो लिएर

म उडेको छैन ।

म नै हुँ सिँहदरबार

उड्न सक्दिन एउटा बादको त्यही मुस्ले चङ्गामा

सक्दिन जल्न कदापी

जल्छन् कपूतका काला कर्तुतहरु

उड्छन् त्यसैगरी हैकमी साम्राज्यहरु ।

मेरो छातीमा रातो कार्पेट बिच्छ्याएर

नछिराउनु कोही खलनायक

फेरी उ गर्न सक्छ कालो धन्दा

देश र जनताको नाममा

म निरिह बनेर सहन्न अब

सहने छैन ।

थाह छ खरानी बाट उठ्ने छु फेरी

पोतिने छु श्रृङ्गारले

चम्किनेछु उही श्रृङ्गारमा

तर

चम्किने छैनन् अब कोही कसैका काला कर्तुत

मेरो अनुहारमा ।

आगो लिएर नछिर्नु कोही

म देशको हृदय हुँ

चाहन्छु

यूगौँ बाँचिरहुँ जनताको भरोशा भएर ।

म सिँहदरबार

अब फेरी जल्नुपरे म नै रहने छैन

जो देश बोलिरहेछु

म नै नरहे नरहौला तिमी

हो म मै सिँहदरबार

जलेको छैन मै सिँहदरबार ।

एन पि घायल पर्वत

Logo