स्वस्थ्य खानाको छनोट गर्नका लागि धेरै सोच विचार गर्नुपर्दैन । हामीहरुले खाइरहेको सामान्य दाल–भात, तरकारी, अचार, दूध, दही, मोही, हलुवा, खिचडी नै खाने हो । तर, चाडपर्वको बेलामा चाहीं विशेष किसिमका खानेकुराहरू पनि बनाइन्छ । शाकाहारीहरूले खीर वा मिठाइहरू खान्छन् । माछा र मासु खानेहरूले त विभिन्न परिकार खान्छन् । खसी र कुखुराको मासु, माछा, अण्डा खान्छन् ।
तर चाडपर्वमा ध्यान दिनुपर्ने कुरा के छ भने पेट भरिसकेपछि पनि जबरजस्ती खाने प्रचलन छ । चाडपर्वमा बनाइएका परिकार मिठो मसिनो हुने भएकाले धेरै खाने गरिन्छ । आफन्त वा साथीसंगतसँग रमाइलो गरिन्छ । विभिन्न प्रकारका परिकारहरू बनाएर खाँदा अटसमटस हुनेपनि गर्छ । त्यसैले चाडपर्वमा आफूले खान सक्ने अथवा आफ्नो जति भोक लाग्छ, त्योभन्दा बढी नखाने भनेर पहिलै तयारी गर्नुपर्छ । मनस्थिति त्यस्तै बनाउनुपर्छ ।
भिडियोमा-































प्रतिक्रिया