उद्योगीलाई २१ दिन भित्र बक्यौता बुझाउन प्राधिकरणको अल्टिमेटम

उद्योगीलाई २१ दिन भित्र बक्यौता बुझाउन प्राधिकरणको अल्टिमेटम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता तिर्न उद्योगीहरूलाई २१ दिने अल्टिमेटम दिएको छ ।

आइतबार एक सुचना जारी गर्दै प्राधिकरणले उद्योगीहरुले १७ कात्तिक भित्र २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत महसुल तिर्नुपर्ने जानकारी दिएको छ । यसअघि बक्यौता रहेका ग्राहकले प्रशासकीय पुनरावलोकनका लागि जेठ २०८२ भित्र निवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।

नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिको १० असोजको बैठकले म्याद कायम गर्ने निर्णय र प्रशासकीय पुनरावलोकन सम्बन्धी सबै कामकारबाही बन्द गरेकोले अब उद्योगीहरुले पूर्वनिर्धारित शुल्क अनुसार नै बक्यौता तिर्नुपर्ने भएको छ ।

प्राधिकरणका अनुसार, टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा बिल गणना गरी बक्यौता तिर्नुपर्ने छ ।

Skip This
Skip This
Logo