काठमाडौं
जिल्ला अदालत काठमाडौंले आर्थिक वर्ष ०७४/०७५ को असार मसान्तसम्म ५ अर्ब ८६ करोड ४७ लाख ८ हजार ९२ रुपैयाँ जरिवाना बापत उठ्न बाँकी रहेको जनाएको छ । आर्थिक वर्ष ०७३/०७४ बाट सरेर आएको जरिवना सहित जम्मा ६ अर्ब ८८ करोड ४० लाख ८६ हजार ६ सय ७७ रुपैयाँमध्ये ९७ करोड ९३ लाख ८५ हजार ७ सय ८५ रुपैयाँ जरिवाना फस्र्योट भएको अदालतले जनाएको छ । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालका अनुसार सो जरिवाना रकम विशेष अदालत, वैदेशिक न्यायाधीकरण सहितको हो ।
अदालतले कैदतर्फ जम्मा १२ हजार ८ सय ९० वर्ष १२ महिना २८ दिन सजायँ तोकिएकामा ४ हजार ११ वर्ष ३ महिना २३ दिन कैद सजायँ फस्र्योट भएको तथ्यांक छ । ८ हजार ८ सय ७९ वर्ष ९ महिना ५ दिन कैद सजाय भुक्तान हुन बाँकी छ ।
यता जिल्ला अदालत काठमाडौंमा आर्थिक वर्ष वार्षिक ०७४/०७५ को असार मसान्तसम्म दर्ता भएका २१ हजार ३ सय ९० थान मुद्दामा अदालतले १३ हजार १ सय ९ थान मुद्दा फस्र्योट गर्ने लक्ष्य राखेकामा १२ हजार ३ सय ८३ थान मुद्दा अर्थात ५८ प्रतिशत मुद्दा फस्र्योट भएको छ । पञ्चवर्षीय रणनीतिक योजना अनुसार ६० प्रतिशत मुद्दा फस्र्योट गर्ने लक्ष्य राखे पनि सफल हुन सकेन । गत आर्थिक वर्ष ०७३/०७४ मा काठमाडौं अदालतले ६० दशमलव ५५ प्रतिशत मुद्दा फस्र्योट गरेको थियो ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया