यसरी भासियो, १७ किलोमा सडक (भिडियोमा)

यसरी भासियो, १७ किलोमा सडक (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

वर्षासँगै पहिरोको चपेटामा परेको नारायणगढ–मुग्लिङ सडक खण्डको १७ किलोमा सडक भाँसिएपछि यात्रुहरुले झनै सास्ती व्यहोर्नु परेको छ ।

गाईघाट नजिकै रहेको नारायणगढ– मुग्लिङ सडक खण्डको १७ किलोमा सडक भाँसिएपछि यात्रुहरु झनै मारमा परेका हुन । २५ मिटर लम्बाई र ५ मिटर चौंडाई बराबरको सडक भाँसिए पछि एक तर्फी रुपमा मात्रै सवारी साधनहरु मुस्किलले सूचारु गराउने काम गरिएको चितवन ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनु भयो । उहाँले तत्काल भाँसिएको सडक मर्मत नभए सडक अवरुद्ध हुनेतर्फ पनि सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउनु भयो । फेरी निरन्तर वर्षा भए नारायणगढ–मुग्लिङ सडक खण्ड अवरुद्ध हुने प्रहरी निरीक्षक गौतमले बताउनु भयो ।

उक्त स्थानमा १० वर्ष अघि पनि सडक भाँसिएपछि रड एङकरिङ अर्थात रडमा नडबोल्ट कसेर मर्मत गरिएको थियो । अहिले पनि सोही नटबोल्ट लुज भएर सडक भाँसिएको हुन सक्ने प्राधिविकहरुले बताएका छन । सडक भाँसिएपछि काठमाडौंबाट गएका विज्ञहरुले अध्ययन एवम् निरीक्षण गरेपनि समस्या समाधानका लागि तत्काल कुनै सुझाव नदिएको स्थानीयको गुनासो छ । सडक भाँसिएपछि त्यसको कारणको खोजी गर्ने काम विज्ञहरुले गरिरहेको नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनु भयो ।

दैनिक नौं हजार भन्दा बढि सवारी साधान आवातजावत हुने सो सडक खण्ड भाँसिएपछि यात्रुहरु झनै मारमा परेका छन । तत्काल त्यसको पुनर्निर्माण नभए सो सडक खण्ड नै अवरुद्ध हुने ट्राफिक प्रहरीको चेतावनी छ । पहिरोको चपेटामा परेको सो सडकखण्डको भाँसिएको ठाउँ तत्काल मर्मत नभए हजारौं यात्रुले यात्रा गर्नबाट बञ्चित हुनुपर्ने अवस्था आउने निश्चित छ ।

 

Skip This
Skip This
Logo