मिथिलाञ्चलका दुर्गा मन्दिरमा बेलतोडी सम्पन्न, देवी प्रतिमाको आँखा उघारियो

मिथिलाञ्चलका दुर्गा मन्दिरमा बेलतोडी सम्पन्न, देवी प्रतिमाको आँखा उघारियो

केन्द्रबिन्दु
6
Shares

जनकपुर । जनकपुरधामसहित मिथिलाञ्चलका दुर्गा मन्दिरमा देवी दुर्गाको नवनिर्मित प्रतिमामा आज आँखा उघार्ने विधि सम्पन्न भएको छ ।

दशैंको बेला दुर्गा मन्दिरमा प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन। आँखा सप्तमीका दिन पूजा गरेपछि मात्र राखिन्छ । यो विधिका लागि षष्ठीका दिन (हिजो) बेल निमन्त्रणा गरिएको थियो । सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर बाजागाजा सहित सोही स्थानमा मुख्य पूजारीसहित श्रद्धालुभक्तजाहरु पुग्ने गर्छन ।

शिवपार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकै पटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजा स्थलतिर लगिन्छ । पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखी सोही बेलको पातको डाँठबाट दुर्गाको आँखा उघार्ने गरिन्छ, जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ ।

बेलतोडी भएसंगै राजदेवी मातालाई खोँईच भर्ने महिलाहरुले आज र भोली खोँईच भर्ने गर्छन् ।

Skip This
Skip This
Logo