काठमाडौं

वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । "/>

वैदेशिक रोजगारीमा जाने नेपाली १५ प्रतिशतले घटे

वैदेशिक रोजगारीमा जाने नेपाली १५ प्रतिशतले घटे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशत भन्दा बढीले घट्दै गइरहेको देखिएको छ ।

आर्थिक वर्ष २०७२, २०७३ मा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ४ लाख १८ हजार ७ सय १३ बाट १५.४३ प्रतिशत अर्थात ६४ हजार ६ सय ३१ ले घटेर गत आवमा ३ लाख ५४ हजार ८२ मा सीमित भएको छ । यसरी हेर्दा विगत ३ वर्षमा बर्सेनि ८ प्रतिशत भन्दा बढीले घट्दै गइरहेको देखिन्छ । वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशत भन्दा बढीले घट्दै गइरहेको देखिएको छ ।

अघिल्लो आवमा ३ लाख ८३ हजार ४९३ युवा रोजगारीका लागि विदेश गएकोमा गत आवमा ८ प्रतिशत घटेर ३ लाख ५४ हजार ८२ मा झरेको छ । वैदेशिक रोजगारीका लागि प्रमुख ३ गन्तब्य कतार, मलेसिया र साउदी अरबमा जाने नेपाली युवाको संख्या घटेको पाइएको छ । विशेषगरी खाडी राष्ट्रहरूको तेल उत्पादनमा ह्रास आएको र २०७२ को भूकम्प पश्चात पुनर्निमार्णका क्रममा आन्तरिक रोजगारी बढेसँगै ३ वर्षयता वैदेशिक रोजगारीमा विदेशीने नेपालीको संख्या घटदै गइरहेको वैदेशिक रोजगार विभागका निर्देशक उद्धवप्रसाद रिजालले बताए ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्नु नेपाली अर्थतन्त्रका लागि सकारात्मक भएपनि यसबाट मुलुकको वैदेशिक व्यापारघाटा सन्तुलन गर्ने विप्रेषण (रेमिट्यान्स) घट्ने भएकाले तत्कालका लागि भने यसबाट असर पर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले एक महिना अघि सार्वजनिक गरेको ‘निःशुल्क भिसा तथा टिकटको प्रावधानको वैदेशिक रोजगारीमा प्रभाव’ बारेमा गरेको अध्ययनले राजनैतिक स्थिरतातर्फ देश उन्मुख भएर आन्तरिक आर्थिक गतिविधिहरू पनि बढेकोले देशभित्रै काम पाउने स्थिति भएकोले वैदेशिक रोजगारमा जानेको संख्यामा कमी आएको उल्लेख गरिएकोे छ ।
कारोबारबाट

Logo