काठमाडौं
बरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक डा गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै गएको ६ वर्षमा बुधवार समेत गरि १८० दिन आमरण अनशन बसेका छन् ।
बि.सं २०६९ यताका ६ वर्षमा डा. केसीले नेपाली काङ्ग्रेस नेतृत्वको सरकार हुँदा ७ पटक, कम्युनिष्ट पार्टीहरुका नेतृत्वको सरकार हुँदा ६ पटक र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकार हुँदा दुई पटक अनशन बसे । प्रत्येक सरकारले उनीसँग माग सम्बोधन गर्ने भन्दै पटक–पटक अनशन तोडाए । तर अनशन तोडिसकेपछि माग सम्बोधनमा कुनै पनि सरकार गम्भीर भएनन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डा केसीले यसपटक संसदमा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयकलाई फिर्ता लिएर यसअघि देउवा सरकारको पालामा प्रस्तुत गरिएको अध्यादेशलाई परिवर्तन नगरि पास गर्न माग राखेका छन् । केसी र अन्य विज्ञ समूहको परामर्शमा तयार पारिएको अध्यादेशमा सरकारी मेडिकल कलेजहरुमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने र आगामी दश वर्ष सम्म काठमाडौं उपत्यकामा नयाँ निजी मेडिकल कलेज खोल्न नपाउने प्रावधान राखिएको थियो । अहिलेको सरकारले यी प्रावधानलाई हटाइदिएको छ । डा. केसी कहिले कहिले अनसन बसे ? के भयो उपलब्धि ? अब के होला भनेर जनमानसले यतिबेला चासोको रुपमा लिएको विषय बनेको छ ।
यस्तो छ केसीले थालेको अनशनको समयावधी र नेतृत्व
पहिलो पटक
२०६९ असार २१ देखि २४ गतेसम्म
प्रधानमन्त्री – बावुराम भट्टराई
स्वास्थ्य मन्त्री – राजेन्द्र महतो
शिक्षा मन्त्री – दिनानाथ शर्मा
दोस्रो पटक
२०६९ साउन २७ देखि भदौ १ गतेसम्म
प्रधानमन्त्री – बावुराम भट्टराई प्रधानमन्त्री
स्वास्थ्य मन्त्री – राजेन्द्र महतो
शिक्षा मन्त्री – दिनानाथ शर्मा
तेस्रो पटक
२०७० पुस २७ देखि माघ १० गतेसम्म
मन्त्रिपरिषद अध्यक्ष – खिलराज रेग्मी
स्वास्थ्य मन्त्री – विद्याधर मल्लीक
शिक्षा मन्त्री – महादेव प्रसाद पौडेल
चौथो पटक
२०७० माघ २५ देखि फागुन ३ गतेसम्म
मन्त्रिपरिषद अध्यक्ष – खिलराज रेग्मी
स्वास्थ्य मन्त्री – विद्याधर मल्लीक
शिक्षा मन्त्री – महादेव प्रसाद पौडेल
पाचौं पटक
२०७१ चैत ८ गतेदेखि १९ गतेसम्म
प्रधानमन्त्री – सुशील कोइराला
स्वास्थ्य मन्त्री – खगराज अधिकारी
शिक्षा मन्त्री – चित्रलेखा यादव
छैठौँ पटक
२०७२ भदौ ७ देखि भदौ १९ गतेसम्म
प्रधानमन्त्री – सुशील कोइराला
स्वास्थ्य मन्त्री – खगराज अधिकारी
शिक्षा मन्त्री – चित्रलेखा यादव
सातौं पटक
२०७२ असोज २ देखि १२ गतेसम्म
प्रधानमन्त्री – सुशील कोइराला
स्वास्थ्य मन्त्री – खगराज अधिकारी
शिक्षा मन्त्री – चित्रलेखा यादव
आठौं पटक
२०७३ असार २६ देखि साउन १० गतेसम्म
प्रधानमन्त्री – केपी शर्मा ओली
स्वास्थ्य मन्त्री – रामजनम चौधरी
शिक्षा मन्त्री – गिरिराजमणि पोखरेल
नवौं औं पटक
२०७३ असोज १० देखि २२ गतेसम्म
प्रधानमन्त्री – पुष्पकमल दाहाल
स्वास्थ्य मन्त्री – गगन थापा
शिक्षा मन्त्री – धनीराम पौडेल
दशौं पटक
२०७३ कात्र्तिक २८ मंसिर १९ गतेसम्म
प्रधानमन्त्री – पुष्पकमल दाहाल
स्वास्थ्य मन्त्री – गगन थापा
शिक्षा मन्त्री – धनीराम पौडेल
एघारौं पटक
२०७४ साउन ९ देखि ३२ गतेसम्म
प्रधानमन्त्री – शेरबहादुर देउवा
स्वास्थ्य मन्त्री – दिपक बोहरा
शिक्षा मन्त्री – गोपालमाथ श्रेष्ठ
बाह्रौं पटक
२०७४ असोज ९ देखि ११ गतेसम्म
प्रधानमन्त्री – शेरबहादुर देउवा
स्वास्थ्य मन्त्री – दिपक बोहरा
शिक्षा मन्त्री – गोपालमाथ श्रेष्ठ
तेह्रौ पटक
२०७४ असोज १९ देखि कात्तिक १ गतेसम्म
प्रधानमन्त्री – शेरबहादुर देउवा
स्वास्थ्य मन्त्री – दिपक बोहरा
शिक्षा मन्त्री – गोपालमाथ श्रेष्ठ
चौध्रौ पटक
२०७४ पौष २४ देखि ३० गतेसम्म
प्रधानमन्त्री – शेरबहादुर देउवा
स्वास्थ्य मन्त्री – दिपक बोहरा
शिक्षा मन्त्री – गोपालमाथ श्रेष्ठ
पन्ध्रौं पटक
२०७५ असार १६ देखि जारी
प्रधानमन्त्री – केपी शर्मा ओली
स्वास्थ्यमन्त्री – उपेन्द्र यादव
शिक्षा मन्त्री – गिरिराजमणि पोखरेल
नागरिकबाट





























प्रतिक्रिया