ऐतिहासिक विजयपछि नेपाली क्रिकेट टिमलाई डा. सुनिल शर्माद्वारा सम्मान

ऐतिहासिक विजयपछि नेपाली क्रिकेट टिमलाई डा. सुनिल शर्माद्वारा सम्मान

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले वेस्ट इन्डिजविरुद्धको त्रिदिवसीय युनिटी कप सिरिज मा ऐतिहासिक विजय हासिल गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खेलमैदानमै पुगेर बधाई तथा सम्मान गरेका छन्।

नेपालले दुई पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज टिमलाई लगातार दुई खेलमा पराजित गर्दै सिरिज उपाधि आफ्नो पक्षमा पारेको थियो। यस ऐतिहासिक क्षणमा डा. शर्माले म्यान अफ द म्याच असिफ शेखलाई पुरस्कार हस्तान्तरण गर्दै सम्पूर्ण टिमको साहस, समर्पण र ऐतिहासिक प्रदर्शनको प्रशंसा गरे।

उनले भने, “क्रिकेट खेलको क्षेत्रमा नेपालले नयाँ उचाइ प्राप्त गरेकोमा म गर्ववान्मित छु। यसले मुलुकको छवि र गौरवलाई विश्वभर उजागर गरेको छ।”

सामान्यतया यस्ता ऐतिहासिक खेलहरूमा प्रधानमन्त्री ,खेलमन्त्री वा आयोजक प्रमुखद्वारा पुरस्कार हस्तान्तरण गर्ने चलन रहँदै आएको भए पनि यसपटक नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिल शर्माले पुरस्कार हस्तान्तरण गरेका थिए।

कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी, अधिकारी तथा दर्शकहरूको उत्साहपूर्ण उपस्थितिमा नेपाली टिमलाई विशेष सम्मान गरिएको थियो।

Skip This
Skip This
Logo