दाङ

जंगली च्याउ खाँदा दाङको घोराही उपमहानगरपालिकामा एकै वडाका तीन जनाको मृत्यु भएको छ । "/>

दाङमा विषालु च्याउ खाएर एकै वडाका तीन जनाको मृत्यु

दाङमा विषालु च्याउ खाएर एकै वडाका तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दाङ

जंगली च्याउ खाँदा दाङको घोराही उपमहानगरपालिकामा एकै वडाका तीन जनाको मृत्यु भएको छ । जिल्लाकै पहाडी गाउँको रुपमा रहेको घोराही उपमहानगरपालिका–१९ का तीन जनाको मृत्यु भएको हो ।

यसरी ज्यान गुमाउनेहरुमा पाँचपोखरीका चित्रबहादुर घर्ती, बालाराम घर्ती र पाँच वर्षीया प्रशंसा घर्ती रहेका छन् । चित्रबहादुरलाई घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा राखेको बेला निधन भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको पनि कोहलपुरमै निधन भएको हो ।

पटकपटक गरी दाङमा बिषालु च्याउ खाएर ४५ जना विरामी परेका छन् । त्यस मध्ये अधिकांशको बाँकेमा उपचार भइरहेको छ । बर्षातको समयमा जंगलमा प्रशस्त च्याउ उम्रने र स्थानीयबासीले अनुमानका आधारमा खाने गरेपछि ज्यान जाने गरेको देखिएको छ ।

यसैबीच जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले जंगली च्याउ नखान सार्वजनिक अनुरोध नै गरेका छन् । उनीहरुले स्थानीय सञ्चारमाध्यम मार्फत सार्वजनिक आव्हान गरिरहेका छन् । विगत देखि जंगली च्याउ खाँदै आएकोमा अनुमानका आधारमा च्याउ खाने र त्यसबाट क्षति हुन थालेपछि च्याउ नखान सार्वजनिक आव्हान गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । चेतनाको अभावमा दाङमा धेरै विरामी परेको सूचना आएको जनाउँदै उनले यसलाई कम गर्न जंगली च्याउ सम्बन्धी जनचेतना विस्तार गर्नुपर्ने बताए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo