मेसेन्जर, भाइबर, ह्वाटएप लगायत दर्जनौ मेसेन्जिङ एप चलाउनेहरुको प्रिय कलात्मक र सन्देशमुलक आकृतिको रुपमा रहेको इमोजीको आज जन्मदिन हो । त्यसैले धेरै मेसेन्जिङ एपहरु चलाउनेहरुले आज जुलाई १७ तारिखमा इमेजी डे मनाए ।
कतिकुरा लेखेर बुझाउन नसकिने वा अझ भनौं मनको कुरालाई लेखेर ब्यक्त गर्न नसकिने अवस्थामा इमोजीको दृष्यले सजिलै बताउन सक्ने क्षमता पनि राख्छ । मनको कुरालाई बताउन प्रयोगमा आउने ईमोजीको शुरुवात सन् १९९० को जुलाई १७ तारिखमा जापानका सिगेताका कुरीताले यसलाई प्रचलनमा ल्याएका हुन् ।
एक अनुमान अनुसार अहिले फेसबुकको मेसेन्जरमा २ हजार ८ सय ईमोजीहरु रहेका छन् । जसमा २ हजार ३ सय ईमोजी दैनिक रुपमा प्रयोगमा आउने गर्छन् ।
बिना शब्द तर धेरै शब्दको अर्थ बोक्ने हुनाले पनि ईमोजी धेरैको लोकप्रिय भएको छ । सोसल मिडियाका बिश्लेषकहरुका अनुसार विभिन्न मेसेन्जिङ एपहरुवाट दैनिक रुपमा ९० करोड भन्दा बढी इमोजीहरु एकले अर्कालाई पठाउने गर्छन् । ईमोजीको लोकप्रियता बढेको कारण यसको जानकारीका लागि इमोजीपेडिया पनि संचालनमा रहेको छ । यस्तै २ हजार ६ सय भन्दा बढी ईमोजीहरु युनिकोडवाटै बनाउन पनि सकिन्छ ।





























प्रतिक्रिया