बैतडीमा सवारी दुर्घटना, ३ जना गम्भीर

बैतडीमा सवारी दुर्घटना, ३ जना गम्भीर

केन्द्रबिन्दु
6
Shares

बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।

खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८ भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका–४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए।

उनीहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।

Logo