तमोर बलेरो दुर्घटना– ६ जनाको मृत्यु, ६ जना घाइते

तमोर बलेरो दुर्घटना– ६ जनाको मृत्यु, ६ जना घाइते

केन्द्रबिन्दु
48
Shares

काठमाडौं। धरानबाट पाँचथरको फिदिम जाँदै गरेको गाडी तमोर करिडोरको कुम्मायक भन्ने ठाउँमा खसेको छ। यो घटनामा अहिलेसम्म पाँचजनाको शव निकालिएको छ भने अर्को एउटा शव निकाल्ने तयारीमा छ । ६ जनालाई भने उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

पाँचथरका डिएसपी अनिशकुमार कर्णका अनुसार उद्धार गरिएका ५ जना घाइतेलाई उपचारका लागि धरान लगिएको छ भने एक जनालाई फिदिम लगिएको छ।

उक्त गाडी सडकबाट झन्डै पाँच सय मिटर तल खसेको थियो। सूचना आएपछि उद्धार टोली परिचालन गरिएको कर्णले बताए।

Skip This
Skip This
Logo