विपद्‌पूर्ण अवस्थामा जनताको सेवा र सुरक्षामा खटिन युवा संघको आह्वान

विपद्‌पूर्ण अवस्थामा जनताको सेवा र सुरक्षामा खटिन युवा संघको आह्वान

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ, नेपालले देशभर भइरहेका अविरल वर्षाका कारण उत्पन्न विपद्‌पूर्ण अवस्थाको बीचमा आफ्ना कार्यकर्तालाई जनताको सेवा र सुरक्षामा सक्रिय रूपमा खटिन आह्वान गरेको छ।

संघका अध्यक्ष क्षितिज थेबेद्वारा जारी विशेष सर्कुलरमा युवा कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ जनताको साथमा रही उद्धार, राहत र सहयोगमा जुट्न निर्देशन गरिएको हाे ।

सर्कुलरमा विपद्को जोखिम भएका स्थानहरू पहिचान गरी सतर्क रहन, उद्धार तथा राहतका कार्यमा सक्रिय सहभागिता जनाउन र जनएकताको भावना सृजना गर्न कार्यकर्ताहरुलाई आग्रह गरिएको छ। साथै, पीडित नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न र अत्यावश्यक सामग्री वितरणमा सहयोग गर्न समेत संघले अनुरोध गरेको छ।

त्यस्तै, विपद् व्यवस्थापनका क्रममा स्थानीय निकाय, सुरक्षा निकाय र सामाजिक संस्थाहरूसँग समन्वय गर्दै कार्य गर्न तथा सम्बन्धित प्राधिकरणले जारी गर्ने सूचना र निर्देशन पालना गर्न पनि संघले सबै संरचनालाई निर्देशन दिएको छ।

Skip This
Skip This
Logo