काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै युवाहरूको समूह ‘जेन-जी मुभमेन्ट अलायन्स’ अख्तियार कार्यालय पुगेको छ।
जेन-जीको यस समूहले अख्तियारको नेतृत्वमा रहेका पदाधिकारीहरूको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै र आयोगले ठूला भ्रष्टाचारका मामिलाहरूमा निष्पक्ष अनुसन्धान गर्न नसकेको आरोप लगाउँदै राजीनामा माग गरेको हो।
जेन-जी मुभमेन्ट अलायन्सका प्रतिनिधिहरूले प्रमुख आयुक्त राई र अन्य आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेका छन्। राजीनामाको माग गर्दै समूहले दिएको लिखित निवेदनमा आयोगको वर्तमान नेतृत्वले वाइडबडी विमान खरिद घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका ठूला भ्रष्टाचारका मुद्दाहरूमा विवादास्पद र ‘छानबिनमुखी’ अनुसन्धान गरेकोले आयोगको गरिमा र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको उल्लेख छ।
राजीनामाको माग पूरा नभए थप आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी पनि जेन-जी समूहले दिएको छ।





























प्रतिक्रिया