गण्डकीको मुख्यमन्त्री निवासमा आगजनी गर्ने २२ वर्षीय युवक पक्राउ

गण्डकीको मुख्यमन्त्री निवासमा आगजनी गर्ने २२ वर्षीय युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

पोखरा । जेन जी आन्दोलनका बेला गण्डकी प्रदेशको मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रुपन्देही घर भई हाल पोखरा बस्ने २२ वर्षीय संजोक थापा रहेका छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री निवासमा आगजनी गरिएको थियो । त्यसपछि असोज १२ गते पुनः सो निवासमा दोस्रो पटक आगजनी भएको थियो ।

प्रहरीका अनुसार थापाले मुख्यमन्त्रीको निवासमा आगजनी गर्नुका साथै पोखरास्थित राष्ट्र बैंकको कम्पाउन्ड नजिकै रहेको एनआइएमबी बैंकको एटिएम मेसिनमा ढुंगा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo