कर्णालीका विपन्नलाई ४ हजार ८ सय ५६ घर निर्माण

कर्णालीका विपन्नलाई ४ हजार ८ सय ५६ घर निर्माण

केन्द्रबिन्दु
6
Shares

सुर्खेत। कर्णाली प्रदेश सरकारले गरिव तथा विपन्नका लागि हालसम्म चार हजार ८५६ घर निर्माण गरेको छ । जनता आवास (प्रदेश), जनता आवास (संघ) र विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत कर्णालीका १० जिल्लाका विभिन्न पालिकामा घर निर्माण गरिएको हो ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार आर्थिक वर्ष २०८०८१ मा जनता आवास (संघ) तर्फ तीन हजार १५० घर निर्माण भएका थिए । त्यस्तै जनता आवास (प्रदेश)ले ५२२ घर गरिव तथा विपन्न स्थानीयबासीका निर्माण गरेको थियो । आव २०८१८२ मा सङ्घले ३८० र प्रदेशले १८४ घर निर्माण गरेको प्रवक्ता सुवेदीले जानकारी दिए । त्यस्तै विपन्नको घरतर्फ आव २०८०८१ मा ३९७ घर र आव २०८१८२ मा २२३ घर निर्माण गरिएको थियो ।

आव २०८१८२ मा जनता आवास सङ्घतर्फ सबैभन्दा बढी कालिकोटमा कालिकोटमा १८१ घर निर्माण गरिएका थिए । सुर्खेतमा १४२, दैलेखमा ३८ र जाजरकोटमा १९ घर निर्माण गरिएको छ । जनता आवास प्रदेशतर्फ सुर्खेतमा ३३, दैलेखमा १४, सल्यानमा १६, रुकुम पश्चिममा २३, जाजरकोटमा २७, डोल्पामा १४, जुम्लामा २१, मुगुमा ६, कालिकोटमा १० तथा हुम्लामा २० घर निर्माण गरिएका छन् ।

विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत सुर्खेतमा ३६, दैलेखमा ३९, सल्यानमा १३, रुकुम पश्चिममा २३, जाजरकोटमा २३, डोल्पामा ११, जुम्लामा २०, मुगुमा ८, कालिकोटमा ३० तथा हुम्लामा २० घर निर्माण गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए। आव २०८१८२ मा ७८७ घर निर्माण गरिएका छन् ।

Logo