सर्लाहीमा खोलाले बगाएर एक युवकको मृत्यु

सर्लाहीमा खोलाले बगाएर एक युवकको मृत्यु

केन्द्रबिन्दु
6
Shares

सर्लाही । सर्लाहीमा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । जिल्लाको मलङ्गवा नगरपालिका – ५, भाडसरमा लखन्देही खोलाले बगाउँदा एक युवकको मृत्यु भएको हो ।

मंगलबार मध्यान्ह नुहाउने क्रममा खोलाले बगाउँदा भाडसरका १८ वर्षीय ओम ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीका अनुसार ठाकुर तीन साथीसहित खोलामा नुहाउन गएका थिए । ती मध्ये अन्य तीन जना पौडिएर सकुशल बाहिर निस्कन सफल भए पनि ठाकुर बगेर बेपत्ता भएका थिए । स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलले खोजी गर्ने क्रममा करिब दुई घण्टापछि ठाकुरलाई मृत अवस्थामा फेला पारिएको थियो।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिए । उनका अनुसार अन्य तीन युवाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू घर फर्किसकेका छन्।

Skip This
Skip This
Logo