मधेस आन्दोलनका सहिद परिवारका १४० सदस्यको निःशुल्क बिमा

मधेस आन्दोलनका सहिद परिवारका १४० सदस्यको निःशुल्क बिमा

केन्द्रबिन्दु
6
Shares

जनकपुरधाम। प्रदेश सरकारले मधेसी प्रतिष्ठानसँगको समन्वयमा मधेस आन्दोलनका क्रममा सहिद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४ जनाको बिमा गर्न बाँकी छ । मधेस र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले गरेको आन्दोलनमा एक हजार छ जना घाइते वा अङ्गभङ्ग भएका सबैको बिमा गर्ने प्रतिष्ठानको लक्ष्य छ ।

सहिद परिवारका पाँच जनालाई भने प्रदेश सरकारले प्रतिष्ठानमार्फत रु तीन हजार ५०० बिमा शुल्क प्रदान गर्दै आएको छ ।

Logo