उत्कृष्ट कमब्याक गर्दै नेपालले जित्यो मलेसियाविरुद्धको सिरिज

उत्कृष्ट कमब्याक गर्दै नेपालले जित्यो मलेसियाविरुद्धको सिरिज

केन्द्रबिन्दु
111
Shares

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय टी२० सिरिजको उपाधि जितेको छ । उत्कृष्ट कमब्याक गर्दै नेपालले आज भएको अन्तिम तथा निर्णायक खेलमा मलेसियालाई ५ विकेटले स्तब्ध पार्दै सिरिजको उपाधि ३-२ ले चुमेको हो ।

पाँच खेलको सिरिजमा २-२ को बराबरी खेलेपछि नेपाल र मलेसियाबीच आज फाइनल प्रतिस्पर्धा भएको थियो । पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा फेरि ६ विकेटको सानदार जित निकालेको थियो ।

बायुमास ओभलमा आज १०४ रनको लक्ष्य पाएको नेपालले १७.६ ओभरमा मात्र ५ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि लक्ष्य पछ्याउने क्रममा रुबी पोद्दारले २५ बलमा २६ रन बनाइन् भने पूजा महतोले २४ बलमा २३ रनको योगदान दिइन्। कप्तान रुबिना क्षेत्रीले १५ बलमा नटआउट १५ रन बनाउँदै टिमलाई जितसम्म पुर्‍याइन्।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०३ रन जोडेको थियाे । मलेसियाका लागि ओपनर विनिफ्रेड ए. दुराईसिंघम ले सर्वाधिक ४० रन बनाएर इनिङ्स सम्हालेकी थिइन्। उनले ४५ बलको सामना गरेकी थिइन्।

अन्य ब्याटरहरूमा ऐना हमिजा हासिमले १९ बलमा १५ रन, माहिरह इज्जतीले १८ बलमा १९ रन र नुर इज्जातुल स्याफिकले १० रनको योगदान दिए। तीव्र गतिमा रन बटुल्न संघर्ष गरेको मलेसियाले अन्तिमतिर विकेट गुमाएकाे थियाे ।

नेपालका लागि बलियो बलिङ प्रदर्शन गर्ने क्रममा राजमती ऐरी सबैभन्दा सफल भइन्। उनले ३ ओभरमा १५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिइन्। राजमतीले मलेसियाका शीर्ष चार ब्याटरमध्ये तीनलाई आउट गरेकी थिइन्। यस्तै, कविता कुँवरले पनि उत्कृष्ट बलिङ गर्दै ३ विकेट हात पारिन्।

Skip This
Skip This
Logo