युवा संघले भन्यो- ‘नेपो बेबी’को ट्रेन्ड मेयर बालेनबाटै सुरु गरिनुपर्छ

युवा संघले भन्यो- ‘नेपो बेबी’को ट्रेन्ड मेयर बालेनबाटै सुरु गरिनुपर्छ

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको सम्पत्तिबारे छानबिनको माग गरेका छन् ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुरुङले बालेन शाहको पृष्ठभूमिमाथि प्रश्न उठाउँदै भने, “बालेनका बुबा एउटा सामान्य कर्मचारी थिए, कहाँबाट आयो काठमाडौंमा घर-बंगला ? ‘नेपो बेबी’को ट्रेन्ड बालेनबाटै छानबिन सुरु गर्नुपर्छ।”

उनले बालेन शाहले अन्य राजनीतिकर्मी र नेताहरूको सम्पत्तिमाथि प्रश्न उठाउने तर आफ्नो सम्पत्तिको स्रोत पारदर्शी नभएको आरोप पनि लगाए।

यद्यपि, उनले युवा संघ सधैं ‘भड्किलो समाज अन्त्य गरेर सभ्य समाज निर्माण’ मा प्रतिबद्ध रहेको दोहोर्‍याए। युवा संघ नेपालले समाजमा सुशासन र पारदर्शीताको पक्षमा आवाज उठाउँदै जाने र कसैको व्यक्तिगत स्वार्थको पछि नलाग्ने उनको भनाइ थियो।

Skip This
Skip This
Logo