आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन प्रतितोला एक हजार २०० रुपैयाँले महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर दुई लाख ३९ हजार २०० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला दुई हजार ९५५ रुपैयाँमा बिक्री भएको चाँदी आज बढेर तीन हजार २५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Logo