काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले आजका लागि बैठक आह्वान गरेका थिए । बैठक कहाँ बस्ने भन्ने सार्वजनिक भएको थिएन । आफैंले बोलाएको बैठकमा देउवा भने सहभागी हुने छैनन् । देउवा सहभागी नहुने भएपछि आजको बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवा पार्टीको कुनै पनि बैठकमा सहभागी भएका छैनन् ।
जेनजी आन्दोलनका क्रममा ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय आगजनीले ध्वस्त भए पछि होटलमा बस्ने तयारी गरिए पनि अन्तिम समयमा पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्ने भएको हो ।





























प्रतिक्रिया