महेश बस्नेतको चेतावनी-‘ओलीलाई छोए देशभर आगो बल्छ’

महेश बस्नेतको चेतावनी-‘ओलीलाई छोए देशभर आगो बल्छ’

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । नेकपा (एमाले)का नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई कुनै पनि किसिमको कारबाही वा हस्तक्षेप गर्ने प्रयास भए देशभरि आन्दोलनको आगो बल्ने चेतावनी दिएका छन्।

भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले यस्ताे बताएका हुन् । “अध्यक्ष केपी शर्मा ओलीलाई छोए मात्र देशभरि आगो बल्छ,” बस्नेतले आक्रोशित हुँदै भने। उनले इतिहासको स्मरण गर्दै ओली र आफू पछि हट्ने मान्छे नभएको स्पष्ट पारे।

उनले भने, “ओली र म छाती फर्काएर कहिल्यै हिँड्दैनौं। हिजो राणा, पञ्च, शाही शासनसँग युथफोर्सको बलमा लडेका हौं, अहिले पनि पछि हट्दैनौं।”

उनले गृहमन्त्री अर्याललाई सत्ताको दुरुपयोग नगर्न र एमाले नेतृत्वविरुद्ध षड्यन्त्र नगर्न पनि सचेत गराएका छन्। ।

Skip This
Skip This
Logo